काठमाण्डु, १२ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रमुख सचेतक परियार मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
मंसिर पहिलो साता रास्वपा प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीले आफ्ना नेताहरूलाई आन्दोलनको मागपत्र बुझाउन पनि समय नदिएको गुनासो गरेका थिए ।
रास्वपा सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग गर्दै आएको छ ।
त्यसअघि गत कातिक १२ गते साँझ रास्वपाका उपसभापति डिपी अर्याल र प्रमुख सचेतक परियारले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।