काठमाण्डु, १२ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
पदाधिकारी बैठक आज बुधबार दिउँसो २ बजे माओवादी मुख्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायल जानकारी दिएका छन ।बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन् ।
स्थानीय तहको उपनिर्वाचनको विषयमा रिर्पोटिङ लिने र त्यसउपर छलफल गर्ने पहिलो एजेण्डा रहेको पनि उनले जानकारी दिएका छन । केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल गर्ने दोस्रो एजेण्डा छ ।
तेस्रो एजेण्डामा विधान संशोधन प्रतिवेदन पेश गर्ने विषय रहेको छ । उनले भने, ‘निर्वाचन आयोगको ढाँचा अनुसार पार्टीको विधान मिलाउनुपर्ने छ ।
यससम्बन्धी कार्यदलको प्रतिवेदन पदाधिकारी बैठकमा पेश हुनेछ ।’यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।