काठमाण्डु, १२ मंसिर– मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंका समर्थकहरूले काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रसाईंको जीवन रक्षाको माग गर्दै उनीहरुले प्रसाईँ पक्राउको विरुद्धमा विरोध प्रर्दशन गरेका हुन ।
प्रदर्शनकारीहरुले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानअधिकारको रक्षा गर’ भन्ने लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रसाईंको मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेसँगै उनका समर्थकहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।