झापा, १२ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१ कमल पुलमा गएराति जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
केसीका अनुसार थापा सवार मोटरसाइकललाई विपरीत दिशामा रहेको जिपले ठक्कर दिएको थियो ।
ठक्कर दिने जिप र चालक प्रहरी नियन्त्रणमा छन् ।