बाँसबारीमा मोटरसाइकल दुर्घटना, देउवाचोकका देउलाको मृत्यु, तीन घाइते

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते २०:३२ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– काठमाण्डु महानगरपालिका–३ बाँसबारीमा सडकमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अरु तीनजना घाइते भएका छन् । बा.प्र–०२–०५०प८३१२ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा चालक बुढानीलकण्ठ नगरपालिका देउवाचोकका ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको उक्त मोटरसाइकलले बा.प्र०२–०४४–१८७८नम्बरको अर्का मोटरसाइकललाई पनि ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकलमा सवार दुई र पैदलयात्री घाइते भएको प्रहरीको भनाइ छ । तीनैजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us