कालीगण्डकी किनारमा भेटियो किशोरको शव

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते २०:१२ मा प्रकाशित

बर्दघाट सुस्तापूर्व, ११ मंसिर– नवलपरासीको (बर्दघाट सुस्तापूर्व) स्थित गैंडाकोट नगरपालिका–३ घोक्रे फाँटस्थित कालीगण्डकी नदी किनारमा १५ वर्षीय किशोरको शव फेला परेको छ ।

तनहुँको रिसिङ–५ रेसौका गोपाल कुमाल मेत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालका अनुसार कुमाल गत २७ कात्तिकमा तनहुँको रिसिङ गाउँपालिका–४ भिरकोटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

उनको खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us