सरकार जनताप्रति जिम्मेवार छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति जिम्मेवार रहेको बताएका छन् ।

आज (मंगलबार) सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले हरेकले संविधान र कानुन मान्दिन भनेर गयो भने समाजलाई सरकारले ठिक बाटोमा हिँडाउन सक्नुपर्ने बताएका छन । उनले भने, ‘ राज्य जिम्मेवार, आमाजस्तो सरकार हुनुपर्छ’, उनले भने, ‘जनता कानुन र संविधानभन्दा माथि हुन्छ, जनताले हेरफेर र परिवर्तन गर्न सक्छ तर सामूहिक शक्तिका भरमा ।’

उनले इण्डिभिज्युअल रुपमा संविधान र कानुन सबैले मान्नुपर्ने बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘हरेकले कानुन र संविधान मान्दिनँ भनेर, स्वेच्छाचारी ढंगले बोलेर, सभ्यता र संस्कृतिको धज्जी उडाएर, गति छोड्यो भन्यो सरकारले जिम्मेवार ढंगले समाजलाई ठिक बाटोमा हिँडाउने कर्तव्य हुन जान्छ ।’

प्रधानमन्त्रीले पछाडि परेकाहरूलाई अगाडि बढाउने र हरेक नागरिकलाई आम्दानी उपलब्ध गराउनुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us