काठमाण्डु, ११ मंसिर– प्रहरीले पर्साबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–१६ ईनर्वागाउँ बस्ने ३० वर्षीय सन्तोष दास तत्मा र सोही महानगरपालिका–१६ नगवा बस्ने ३१ वर्षीय हरिशंकर शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । रौतहट कटहरिया नगरपालिका–६ बस्ने ४१ वर्षीय पुरुषलाई आइतबार अपहरण गरी फिरौती रकम माग गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ र अपहरणमा प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।