काठमाण्डु, ११ मंसिर– न्याय परिषद्को बैठक सुरु भएको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक सुरु भएको हो ।
सर्वोच्चमा ४ जना र उच्चमा १७ जना रिक्त रहेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषद्को बैठकले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने स्रोतले जानकारी दिएको छ ।