काठमाण्डु, १० मंसिर– प्रहरीले किशोरी बलात्कारको आरोपमा चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले राठीलाई शनिबार पक्राउ गरेको हो । सौराहाका एक होटलमा बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिएका छन ।
पक्राउ परेका राठीविरुद्ध बलात्कारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।