प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री राणा चीन जाने

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १४:३९ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन । उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी स्रोतले जानकारी दिएको छ ।

आफू दुई दिन पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको, ‘छलफलका क्रममा जानकारी गराएकी छिन् । ‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु ।’

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ । उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय गरिसकेको छ । प्रस्तावित तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us