प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– संघीय संसद्अन्तर्ग प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन ।

अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आज (आइतबार)राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए ।

संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम भोलिदेखि लागु हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us