दिवङ्गत पूर्व मन्त्री राईलाई माओवादी अध्यक्ष प्रचण्ड लगायत नेता–कार्यकर्ताले दिए श्रद्धाञ्जली

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवङ्गत पार्टी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पदम राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वर्गीय राईको पार्थिव शरीरमा अध्यक्ष दाहालले पार्टीको झन्डा ओढाएर राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

स्वर्गीय राईलाई श्रद्धाञ्जली दिन पूर्वसभामुख अग्नि सापकोटा लगायत माओवादी केन्द्रका नेता कार्यकर्ता र सर्वसाधारण माओवादी मुख्यालय पेरिसडाँडामा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us