प्रदर्शनमात्र गरेर केही भएनः रास्वपा गण्डकी प्रदेश सभापति गौतम

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गण्डकी प्रदेश संयोजक राजन गौतमले सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन नगर्ने बताएका छन ।

रास्वपाले रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरी हिरासतमा राखिएको भन्दै पोखरामा रवि पक्राउ परेको दिन देखिनै विरोध प्रर्दशन गर्दै आएको छ । रविलाई आज पाँचौपटक अदालतमा उपस्थित गराइएको छ ।

रविलाई अदालत उपस्थित गराउँदा विरोध प्रदर्शन गर्दै आएको रास्वपा गण्डकीले आज कुनै कार्यक्रम नराखेको सभापति गौतमले जानकारी दिएका छन ।

उनले भने,‘प्रदेशका तर्फबाट आज कुनै विरोध प्रदर्शनको कार्यक्रम छैन, जिल्लाका तर्फबाट भएको भए जानकारी भएन, ‘रास्वपाको ध्यान अहिले उपचुनावमा छ ।

गण्डकीमा गोरखा–५ मा ध्यान केन्द्रित गरेका छौं ।’ अब प्रदर्शन दबाब कार्यक्रमले मात्र केही नहुने देखिएको बताउँदै गौतमले आगामी चुनावबाटै जवाफ दिने गरि लागेको जिकिर गरे ।

‘प्रदर्शनलेमात्र उपलब्धि हुँदैन, उपलब्धि भनेको अब चुनावमा गएर जितेर सत्तामा पुगेरमात्रै हुन्छ,’ गौगमले भने । रास्वपाले विरोध प्रदर्शन गर्न सक्ने भएकाले निषेधित क्षेत्रमा बाक्लो प्रहरी परिचलन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us