सिरहा, ८ मंसिर- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपसभापति धनराज गुरुङ सहकारी ठगी प्रकरणमा दोषी देखिए कारबाही हुने बताएका छन् ।
लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुरुङमाथि अनुसन्धान भइरहेको बताएका हुन् ।
कुनै पनि घटनामा अनुसन्धानका क्रममा पक्राउ पर्नु सामान्य विषय भएको उनको भनाइ थियो ।
कोही कांग्रेस नेता पक्राउ पर्दा आन्दोलन नगर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
फरक प्रसंगमा उनले विकास आयोजनाका नाममा बीआरआई वा अरु विदेशी ऋण ल्याउने पक्षमा कांग्रेस नरहेको बताए ।