काठमाण्डु, ८ मंसिर– काठमाण्डुको गोकर्णेश्वरमा एक जना मृत अवस्थामा फेला परेका छन ।
काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।