संसद्वादी दललाई विप्लवको चुनौतीः ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते १७:४० मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार भएको बताएको छ ।

तर नेकपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइ दिनका लागि विगतमा सरकारसँग भएको तीन बुँदे कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीसँग उनले आग्रह समेत गरेका छन ।

आज शनिबार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका छन ।

उनले भने, ‘मध्यम वर्गीयको चाहना नेकपाले आगामी निर्वाचनमा भाग लियोस् भन्ने छ । हामी चाहन्छौँ सरकारले विगतमा सम्झौता गरेको तीन बुँदे कार्यान्वयन गरोस् । झुटा मुद्दामा फसाइएको साथीहरूलाई रिहाइ गरोस् ।

हामीसँग भएको सहमति सरकारले कार्यान्वयन गरेमा ०८४ को निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ । हामी ६७४३ वडामा लड्ने छौँ । ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us