काठमाण्डु, ८ मंसिर– काठमाण्डुको खरिबोटमा एक जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डुको टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुन कुमार राई मृत अवस्थामा फेला परेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।
आज शनिबार राई सोही पसलको सटर अगाडि शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।