
काठमाण्डु, ८ मंसिर– छिमेकी देश भारतकोे महाराष्ट्र विधान सभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ । आज शनिबार भएको मतगणनामा महाराष्ट्रको वडाला विधानसभा सिटमा भाजपाका कालीदास निलकण्ठ कोलम्बकर विजयी भएका हुन् ।
कोलम्बकर २४ हजार ९७३ मतान्तरले विजयी भएका भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनले ६६ हजार ८०० मत ल्याएका छन् भने उद्धव ठाकरे नेतृत्वको शिव सेनाकी श्रद्धा श्रीधरले ४१ हजार ८२४ मत ल्याएकी छन् ।
प्रारम्भिक मतगणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महाविकास अघाडीबिच भैरहेको छ । महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी)छन् ।