खैरो हेरोइनसहित युवक पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– प्रहरीले झापाबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भएका ३१ वर्षीय आशाकाजी तामाङ छन् ।

उनलाई झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट आउँदै गरेका आरोपीको साथबाट ६४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । उनी रिक्सा चढेर भारतबाट नेपाल आउँदै थिए ।

आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us