काठमाण्डु, ८ मंसिर– प्रहरीले दाङको तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकी, सोही ठाउँका ४० वर्षीय जिबराज डाँगी, तुलसीपुर – १२ का ५६ वर्षीय तिलक केसी, सोही ठाउँका ४३ वर्षीय फिरु चौधरी, तुलसीपुर – १० का ४४ वर्षीय किरणप्रसाद बम, सोही ठाउँका सुदन वली, २९ वर्षीय तिलकराम चौधरी र ४५ वर्षीय कर्ण चौधरी रहको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट एक लाख ११ हजार ७१० रुपैंया बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।
पढ्ढास्थित पत्तु चौधरीको घरमा कोठा भाडामा लिएर तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकीले जुवा खेलाउँदै आएको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा गएको बिहीबार राति ११ बजेतिर छापा हानेर जुवा खेली रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।