प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् ।

उनलाई शनिबार फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us