काठमाण्डु, ८ मंसिर– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिएका छन ।
खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैंडाले आक्रमण गरेको र उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।