कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद बस्तु भेटिएको छ ।

गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको मुख्यमन्त्री कार्कीको निवाश अगाडि आज शनिबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।

उनको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला पारीएको प्रहरीले जानकारी दिएको छ ।

विराटनगरबाट मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । बिहान घरमा आमालाई भेटेर उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरी टोली पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us