एलन मस्कसँग कुरा गरेंः ओली

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते २२:४३ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर-  प्रधानमन्त्री केपी ओलीले विश्वकै धनाढ्य एलन मस्कसँग भर्चुअल कुराकानी गरेका छन्। 

सामाजिक सन्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै ओलीले आफूले मस्कसँग भिडिओ कुराकानी गरेको जानकारी दिए ।

ओलीले आफूहरुबीच भएको कुराकानीबारे विस्तृतमा खुलाएका छैनन् ।

मस्कको कम्पनी स्टारलिंकले नेपालमा स्याटलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा चासो देखाएको समाचार आएको थियो । ओलीले शुक्रबार राति गरेको पोस्टमा अहिले एलन मस्कसँग कुरा गरिरहेको छु लेखेका छन् ।

स्टारलिंकले कम्पनीकी निर्देशक रेबेका हन्टरले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई भेटेर आफूहरु नेपालमा काम गर्न इच्छुक रहेको बताएकी थिइन् ।

स्टारलिंकले संसारका धेरै देशमा स्याटलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us