दरबारमार्गबाट दुर्गा प्रसाईंलाई एमालेको जवाफ– कम्बोडियामा लगानी प्रमाणित गर, त्यसको डबल दान दिन्छौं

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १६:५० मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– एमाले महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ फर्काएका छन ।

आज शुक्रबार काठमाण्डुको दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले यस्तो जवाफ फर्काएका हुन । उनले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने पनि बताएका छन ।

उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गरे । एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने पनि बताएका छन । दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेका थिए । त्यसको आरोपमा प्रसाईं प्रहरी नियन्त्रणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us