२० हजार घुससहित जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारीलाई २० हजार रुपैयाँ घुससहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us