कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– आज शुक्रबार काठमाण्डुको कोटेश्वर क्षेत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले सरकार विरुद्ध विरोध प्रर्दश गरेका हुन ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं अहिले हिरासतमा रहका छन । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई बुधबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us