काठमाण्डु, ७ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका दुई जना नेताले कम्बोडिया भ्रमण रद्ध गरेका छन । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा सहभागी हुन जानेहरूको सूचीमा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटा र अर्का नेता गोकर्ण प्रकाश भट्ट रहेका थिए ।
स्थानीय तहको उपनिर्वाचनमा ब्यस्त हुनुपर्ने भएकाले कम्बोडिया नगएको भट्टले प्रतिकिया दिएका छन । सापकोटा पार्टीको बागमती प्रदेशको इन्चार्ज समेत हुन् ।
भट्टका अनुसार सम्मेलनमा ‘शान्ति र निरुपणसँग जोडिएको विषय र डिजिटल युगमा भ्रमक समाचारलाई राजनीतिक दलले कसरी सम्बोधन गर्ने भन्ने दुई सेसनमा सम्बोधन गर्न तीन÷तीन मिनेटको समय’ उपलब्ध गराउने निमन्त्रणमा थियो । ‘यता स्थानीय तहको उपनिर्वाचन छ । उता तीन मिनेटका लागि लामो समय दिनुपर्ने भयो।
यसकारण गइएन,’ भट्टले भने।सूचीमा रहेका एमालेका रघुबिर महासेठ, राजन भट्टराई, कांग्रेसका सुजाता कोइराला, दिव्यमणी राजभण्डारी लगायतका नेताहरूभने कम्बोडिया गइसकेका छन् ।