काठमाण्डु, ७ मंसिर– सत्ता घटक दल एमालेले आज (शुक्रबार) काठमाण्डुको दरबारमार्गमा गर्ने कोण सभाका लागि विभिन्न स्थाबाट र्याली निकाल्न सुरु गरेको छ । अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् ।
केहीबेरमा सुरु हुने र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमाले काठमाण्डु , भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दै छ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।
कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ । सभाका लागि काठमाण्डु , भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउनले एमालेले जनाएको छ । 