इजरायलविरुद्ध राजधानीमा प्रदर्शन गरिँदै

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– प्यालिस्टिनीमाथि इजरायली आक्रमणको विरोधमा शनिबार काठमाण्डुमा प्रदर्शन गरिने भएको छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, जसपा नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितले प्रदर्शन गर्न लागेका हुन् ।

शनिबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट सुरु हुने प्रदर्शनर्लाइ सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदर्शनका लागि इजरायली विस्तारवाद–मुर्दावाद’, अमेरिकी साम्राज्यवाद–मुर्दावाद, अमेरिका–इजरायल मिल्दैछन् । प्यालेस्टाइन क्वप्लाक्कै निल्दैछन् । यो सत्य थाहा छैन, भन्छ को ? प्यालेस्टाइन प्यालिस्टिनीको मातृभूमि हो’ जस्ता नारा तय गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us