काठमाण्डु, ७ मंसिर– कमलादीमा रहको काठमाण्डु प्लाजामा निः शुल्क सवारी पार्किङ गर्न पाइने भएको छ ।
काठमाण्डु महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म उक्त स्थान गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो ।
योसँगै कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग र ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास महानगरले लिएको छ ।