एमालेको शक्ति प्रदर्शनः सुरक्षाका लागि ५ हजार प्रहरी परिचालन

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १०:०२ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– एमालेले आज राजधानीमा गर्न लागेको शक्ति प्रदर्शन र जागरण सभाको सुरक्षार्थ ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एमालेले अराजकताविरुद्ध भन्दै प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा शक्ति प्रदर्शन गर्न लागेको हो । दरबारमार्गमा हुने जागरण सभाअघि उपत्यकाका तीनै जिल्लाबाट आएका कार्यकार्तले भद्रकालीबाट र्याली निकाल्ने छन् ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए ।

ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए ।

एमालेको शक्ति प्रदर्शन, दुर्गा प्रसाई समूह र सहकारी पीडितको आन्दोलन एकै समयमा भएकाले सुरक्षा प्रबन्ध कडा पारिएको उनको भनाइ थियो । सम्भावित अप्रिय कटना रोक्नका लागि सुरक्षा तैनाथी बढाउनुपर्ने तर्क उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us