काठमाण्डु, ७ मंसिर– काठमाण्डुको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गएराति १० बजे ४५ मिनेटमा २.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का काठमाण्डु उपत्यकासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । रातिको समयमा धेरै मानिस सुतेका बेला कमैले भूकम्पबारे थाहा पाए ।
थाहा पाउनेहरु आत्तिँदै घरबाहिर निस्किएका थिए । भूकम्पबाट क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।