
एजेन्सी– केहि दिन अघिमात्रै छिमेकी दश चिनमा एउटा अंनौठो घटना सार्वजनिक भएको छ । दिनहुँ हामीले अपहरणका घटनाहरू सुनेका वा पढेका छौँ ।
तर चीनमा भने अनौठा घटना घटेको हो । घटना शाङहाईमा रोबोटिक्स कम्पनीको शो रुममा अगष्टमा घटेको हो ।
तर यो भिडियो अहिले सार्वजनिक गरिएको छ । शोरुमको सर्भिलियन्स क्यामरामा कैद फुटेजमा रातिको समयमा साना रोबोटहरू बिस्तारै अगाडि गइरहेको देखिन्छ । यसै क्रममा बाटामा ठुला रोबोटसँग उसको भेट हुन्छ ।
साना रोबोटले ठुलो रोबोटलाई ओभरटाइम गरिरहेको हो भनेर सोध्छ । ठुलो रोबोटले आफूले कहिले बिदा नपाउने कुरा भन्छ ।
घर जान लागेको हो भनेर सोधेपछि उसले आफ्नो घर छैन भन्ने जवाफ दिन्छ । त्यसपछि सानो रोबोटले मसँग घर आउँ भनेर बोलाउँछ ।
दुई ठुला रोबोट साना रोबोटलाई पछ्याउँछन् र शोरुमबाहिर निस्कन्छन् । अर्को कम्पनीको रोबोटले आफ्नो रोबोट अपहरण गरेको शोरुमले भनेको छ ।
टिकटकको चिनियाँ संस्करण दोउयिनमा यो भिडियो भाइरल भइरहेको छ । केहीले यसलाई अद्भुत भनेका छन् ।
केहीले चाँहि यो कपोकल्पित हुन सक्ने आशंका गरेका छन् । रोबोट अपहरणमा परेको कम्पनीले भने यसलाई वास्तविक बताएको छ ।