सहकारीमा ठगिएको ८५ अर्ब रुपैयाँ राजनीतिक भ्रष्टाचारीको होः रास्वपा

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १८:०२ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीमा ठगिएको ८५ अर्ब रुपैयाँ मकै पोल्ने र जुत्ता सिलाउनेको नभएको बरु राजनीतिक भ्रष्टाचारीहरूको भएको आरोप लगाएको छ ।

आज आइतबार रास्वपा मुख्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै रास्वपाका कार्यबाहक पवक्ता मनिष झाले यस्तो आरोप लगाएका हुन ।

झाले सहकारीमा ठगिएको ८७ अर्बमध्ये ८५ अर्ब रुपैयाँ राजनीतिक भ्रष्टाचारीको भएको बताएका हुन् ।

सहकारी छानबिन प्रतिवेदनले औँल्याएको ८७ अर्बमध्ये केही रकम मात्र मकै पोल्ने र जुत्ता पालिस गर्नेहरूको भएको झाले बताएका छन । उनले भने, ‘सहकारीको ८७ अर्ब रुपैयाँ अपचलन भएको भन्ने छ ।

तपाईँहरूलाई लाग्छ कि त्यो सबै मकै पोल्ने र जुत्ता पालिस गर्नेको पैसा हो रु होइन । त्यो त राजनीतिक भ्रष्टाचारको पैसा हो ।

त्यसमध्ये केही रकम मकै पोल्ने र जुत्ता पालिस गर्नेको हुनसक्छ तर सबै रकम उनीहरूको होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us