राष्ट्रपति समक्ष ४ देशका राजदूतले लिए शपथ

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १७:५८ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– आज आइतबार विभिन्न चार देशका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रपति राम चन्द्र पौडेल समक्ष शपथ लिएका छन् ।

पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us