सहकारी ठगी प्रकरणः रवि लामिछाने र छविलाल जोशीलाई काठमाण्डु जिल्ला अदालतले दियो पक्राउ गर्ने अनुमति

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १७:३१ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीलाई काठमाण्डुको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा  काठमाण्डु जिल्ला अदालतले  पक्राउ गर्ने अनुमति दिएको छ ।

आज आइतबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डुलाई अनुमति दिएका हुन् ।

लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–६ घर भएका कमल लामा र काठमाण्डु महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us