दमननाथ निधनले मर्माहत भएको छु: राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १७:१५ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले आफू मर्माहत भएको बताएका छन ।

आज (आइतबार) सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले यस्तो बताएका हुन ।राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सँधै स्मरणीय हुने बताउँदै राष्ट्रपति पौडेलले ढुंंगानाप्रति श्रद्धाञ्जली दिएका छन् ।

उनले ढुंगानाको निधनपछि शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको स्मरण समेत राष्ट्रपतिले गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us