काठमाण्डु,२ मंसिर– कांग्रेस महामन्त्री विश्वप्रकास शर्माले आगामी १६ मंसिमा हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन ।
आज (आइतबार) कीर्तिपुर नगरपालिकाको मेयर पदमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चमरकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन ।
महामन्त्री शर्माले देशभरको तथ्य हेर्दा कांग्रेस पहिले पार्टी बन्नबाट कसैले पनि रोक्न नसक्ने बताएका हुन । मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा कांग्रसकै जीत हुने जिकिर गरे ।
उनले अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
उनले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने दाबी गरेका छन ।