नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो: राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १५:२० मा प्रकाशित

काठमाण्डु,२ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताएका छन ।

साथै उनले पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि बताएका छन ।

आज (आइतबार) ब्रह्माकुमारी ज्ञान सरोवर एकेडेमीको नगरकोटमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन ।

उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताएका छन ।

राष्ट्रपति पौडेलले भने, ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ ।

आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेका छ ।

आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेका यही कारण हो ।’

उनले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताएका छन् ।

राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us