काठमाण्डु,२ मंसिर– प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका–६ बस्ने २१ वर्षीय श्यामकुमार दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्यामकुमारले ती किशोरीलाई कात्तिक १९ गते राति मोरङ सुन्दरहरैचा नगरपालिका–४ बाँसबारी कुटिटोल डेरा गरी बस्ने श्यामकुमारको दाइको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।