कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका महर्जनले गरे उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १४:५४ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेको छ ।

आज आइतबार नगरपालिकाको कार्यालयमा पुगेर माओवादी केन्द्रका शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै सो नगरपालिका वडा नम्बर ४ मा माओवादीका नारायण विष्टले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर १ मा सरल गोपाल महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us