काठमाण्डु,२ मंसिर– आज (आइतबार)मध्याह्न नेपाल टेलिकमको टेलिफोन सेवा केही अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा तथा डेटा सेवाहरू चलेका थिएनन् ।
फोन नलाग्ने, अफ भन्ने लगायतका समस्या देखिएको टेलिकमले जनाएको छ । प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले दिएका छन ।
उनले भने, ‘थोरै समय समस्या देखिएको थियो । करिब ८–१० मिनेटपछि समाधान भइसकेको थियो ।’