काठमाण्डु,२ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि सत्ता घटक दल एमालेका लक्ष्मीरत्न तुलाधरले काठमाण्डु महानगरपालिका– १६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
तुलाधर उम्मेदवारी दर्ता गर्न बाजागाजासहित आफ्ना समर्थक र शुभेच्छुकहरुसँग निर्वाचन कार्यालय पुगेका थिए । तुलाधरको उम्मेदवारी दर्ता गर्न एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता रघुजी पन्त, कृष्ण राईलगायत सहभागी भएका छन् ।