तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरू

काठमाण्डु टुडे २०८१ कार्तिक १९ गते १८:१९ मा प्रकाशित

हुम्ला, १९ कात्तिक– हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरू भएको छ।

मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन

। नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् ।

आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ । दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।

अन्य सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न नसकेको छैनन् । नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन् । मंगलबारका लागि नेपालगञ्जदेखि नेपाल एयरलाइन्सले आफ्नो उडान तालिका अनुसार उडान भर्ने भएको छ ।

नेपालीको महान पर्व दसैं, तिहार सकिएसँगै सिमकोटबाट जिल्ला बाहिर जाने यात्रुको चाप बिस्तारै बढ्दै गएको छ । यो समयमा नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ ।

सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us