काठमाण्डु, १९ कात्तिक– प्रहरीले काठमाण्डुको बौद्धबाट ६ लाखभन्दा बढी नगदसहित २० जुवाडे पक्राउ गरेको छ ।
काठमाण्डु महानगरपालिका–६ बौद्ध रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद भएको काठमाण्डु प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको अधिकारीले जानकारी दिए ।