कम्बोडियामा पक्राउ परिन् बिनु शाक्य

काठमाण्डु टुडे २०८१ कार्तिक १९ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक– वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी सिन्धुपाल्चोक मान्खाकी बिनु शाक्य कम्बोडियामा पक्राउ परेकी छन् ।

शाक्यलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड कर्नर नोटिस जारी गरेर पक्राउ गरी आइतबार नेपाल ल्याएको हो । शाक्यमाथि सिंगापुर पठाइदिने भन्दै ४० भन्दा बढी व्यक्तिबाट ५ करोड बढी रकम ठगी गरेको आरोप छ ।

प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले गत १९ माघ २०८० मा शाक्य र उदयपुरको त्रियुगा नगरपालिका–१० का सुजन आचार्यविरुद्ध रेड कर्नर नोटिसका लागी इन्टरपोललाई आग्रह गरेको थियो ।

प्रहरीका अनुसार शाक्य र आचार्यलाई गत १ असोजमा पक्राउ गरिएको थियो । आचार्यलाई भने ९ असोजमा नेपाल ल्याइसकिएको छ ।

शाक्यलाई कालिमाटी प्रहरी वृत्तको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us