डिभी भर्ने समय दुई दिन थप

काठमाण्डु टुडे २०८१ कार्तिक १९ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक– अमेरिकाले सन् २०२६ का लागि डाइभर्सिटी भिसा (डिभी) का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।

काठमाण्डुस्थित अमेरिकी दूतावासले डिभी भर्ने समय ७ नोभेम्बरसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

यसअघि ५ नोभेम्बरसम्म डिभी भर्ने समय तोकिएको थियो ।

गत १६ असोजदेखि डिभी भर्न खुला गरिएको थियो । दूतावासले डिभीमार्फत अमेरिका जानेको छनोट प्रक्रिया निष्पक्ष हुने स्पष्ट गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us