प्रधानमन्त्री ओलीद्वारा तिहारको शुभकामना

काठमाण्डु टुडे २०८१ कार्तिक १८ गते ९:४३ मा प्रकाशित

काठमाण्डू, १८ कात्तिक- प्रधानमन्त्री केपी ओलीले तिहार पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गरेका छन् ।

सामाजिक सन्जालमार्फत उनले नेपालीहरूको तिहार नेपालीहरुको महिमापूर्ण पर्व भएको बताए ।

तिहारले सबै नेपालीमा उमंग ल्याओस भन्ने कामना ओलीले गरे ।

प्रधानमन्त्री ओलीले भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास व्यक्त गरे ।

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्’,  ओलीले लेखेका छन्, ‘सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us